यस्ताे छ, पूर्वअर्थमन्त्री डा.महतकाे चुनावी प्रतिज्ञापत्र

दर्पण दैनिक १२ फाल्गुन २०८२,१७:१०
post

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


मंगलबार नुवाकोटको ढिकुरेमा रहेको सम्पर्क कार्यालयमा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र विकासको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा चित्रण गरे ।


उनको प्रतिज्ञापत्रमा लेखिएको छ, ‘यो भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए, अब यही ऐतिहासिक पहिचानलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै नुवाकोटलाई नयाँ पहिचान दिने समय आएको छ ।’


महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई आफ्नो प्राथमिकता बताए ।

पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेपनि यसअघि नै नुवाकोटको विकासमा योगदान दिएको उल्लेख गर्दै उनले मतदातासँग विश्वासलाई मतमा परिणत गर्न अपिल गरे।

उनले नुवाकोटलाई बागमती प्रदेशभित्र रणनीतिक जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए ।प्रतिज्ञापत्रमा नुवाकोटको विकासको आधार पूर्वाधार विस्तारलाई बनाइएको छ ।


टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु–रानीपौवा–पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने मुख्य योजनाहरूमा राखिएको छ ।

यसबाहेक पालिकास्तरका सडक, पुल, सिंचाइ र खानेपानी व्यवस्थालाई प्राथमिकतामा राखिएको छ । लिखु र तादी नदी कटान नियन्त्रण गर्दै सिंचाइ विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतको प्रतिज्ञा पत्रमा नुवाकोटको समृद्धिको आधार कृषि भएको उल्लेख गर्दै आधुनिक सिंचाइ, मल, बीउ र बजार पहुँच सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।

स्थानीय उत्पादन स्ट्रबेरी, ट्राउट माछा, आलु, किवी, कफी लगायतलाई ब्राण्डिङ गर्दै प्रशोधन उद्योगसँग जोड्ने, शीतभण्डार निर्माण गर्ने र बजार मूल्य सुनिश्चित गर्ने योजना उनले सार्वजनिक गरे ।

किसानलाई बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति रोक्न नीतिगत समाधान खोजिने पनि उनले बताए ।

प्रतिज्ञापत्रमा ककनी, चिसापानी, सूइरेचौर, पञ्चकन्या लगायत क्षेत्रलाई पर्यटन केन्द्र बनाउने गुरुयोजना बनाउने उल्लेख छ ।

दुप्चेश्वर र कपिलेश्वर जस्ता धार्मिक स्थललाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक गन्तव्य बनाउने, गोसाईकुण्ड जाने पदमार्ग र केवलकार सम्भावना अध्ययन गर्ने योजना पनि उनले अघि सारेका छन् ।

महतले प्रदेशस्तरीय आवासीय प्राविधिक तथा सूचना प्रविधि शिक्षालय स्थापना गर्ने, डिजिटल शिक्षा प्रणाली लागू गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

युवालाई विदेश पलायन रोक्न कृषि, पर्यटन, उत्पादन र सूचना प्रविधिमा सीप विकास कार्यक्रम, उद्यमशील कोष र सार्वजनिक–निजी साझेदारीमा उद्योग स्थापना गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ ।

महिला सशक्तिकरण, स्वरोजगार, खेलकूद पूर्वाधार र युवा क्षमता विकासमा पनि योजनाबद्ध पहल गरिने उल्लेख गरिएको छ ।
महतले विकास कुनै दलको नभई जनताको साझा अभियान भएको उल्लेख गर्दै स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र समुदायलाई एउटै लक्ष्यमा जोड्ने बताइएको छ ।

मेरो प्रतिज्ञा

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, जय नेपाल !

हामी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा आइपुगेका छांै । यस पटक तपाईँले दिने मतले नेपालको राष्ट्रियता, लोकतन्त्र, संवैधानिक व्यवस्थाको रक्षा, राजनीतिक स्थिरता र नेपालको आर्थिक–सामाजिक विकासलाई निश्चित गति र दिशा दिनेछ ।

नेपाली कांग्रेसको नेतृत्वमा संवैधानिक र लोकतान्त्रिक पद्धति सुरक्षित हुन्छ । राजनीतिक स्थिरता कायम हुन्छ र विकासले गति लिन्छ भन्ने यो बलियो आधार हो ।

म तपाईंहरूको विश्वासलाई मतमा परिणत गराउन पहिलो पटक तपाईंहरूको बीचमा उम्मेदवारको रूपमा उपस्थित भएको छु । यही भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए—म त्यही ऐतिहासिक पहिचानलाई आर्थिक सामाजिक रुपान्तरणका लागि पूर्वाधार विकास, कृषि, पर्यटन, उर्जा, व्यवसाय र प्रविधि मार्फत नयाँ चिनारी दिन प्रतिबद्ध छु ।

मेरो प्रतिबद्धता

म परिणामका लागि काम गर्छु । कुरामा होइन काममा विश्वास गर्छु । विकास, सुशासन, जनताको आर्थिक–सामाजिक समृद्धि र भ्रष्टाचारको अन्त्यकालागि सदैव प्रतिबद्ध थिएँ, छु र रहनेछु । म पहिलो पटक नुवाकोट क्षेत्र नंः १ मा प्रत्यक्षतर्फको उम्मेदवार बनेको छु, यहाँबाट प्रत्यक्ष निर्वाचन नलड्दै यस क्षेत्रको विकास निर्माणमा मैले गरेका कामहरु यहाँहरु सामुन्ने छर्लङ्गै छन् । त्यसैले तपाईंको मन र मत जित्ने मेरो सबैभन्दा ठूलो लक्ष्य जनताको सेवा र विकासको गति अगाडि बढाउनकालागि हुनेछ ।

नुवाकोट, म जन्मेको ठाँउको विकास र समृद्धिको चाहाना पनि हो । म सधैं नुवाकोटलाई नेपालको विकासको नक्सामा अग्रस्थानमा ल्याउने सोचसहित काम गर्दै आएको छु । बागमती प्रदेश भित्रको रणनीतिक जिल्लाको रूपमा यसको सम्भावना उपयोग गर्ने दीर्घकालीन योजना बनाएको छु ।

विकासका ठूला योजना ल्याउन सक्ने, बजेट व्यवस्थापन गर्न सक्ने र काम सम्पन्न गराउन सक्ने अनुभवसहित आएको छु । मेरो राजनीतिक शैली—प्रतिबद्धता कम, उपलब्धि धेरै हो । नुवाकोट क्षेत्र नं। १ को समग्र विकासका लागि प्रतिबद्ध छु ।

क्षेत्रगत प्रतिज्ञा

पूर्वाधार विकास–मेरो पहिलो प्राथमिकता

–सम्भाव्यता अèययनको क्रममा रहेको टोखा छहरे सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडी बढाउन लाग्ने छु । जसले काठमाडौंको हालको दूरी कम गरी यहाँको विकासलाई गति दिन थप मद्दत पुग्नेछ ।
–हाम्रो पहलमा निर्माण प्रक्रियामा रहेको बालाजु–रानीपौवा–पिपलटार (पासाङ ल्हामु
राजमार्ग) सडकका बाँकी खण्ड पूरा गर्न लाग्ने छु ।
– हाम्रो पहलमा निर्माण प्रक्रियामा रहेको ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडकको बाँकी खण्ड निर्माण सम्पन्न गर्न लाग्ने छु ।
– हाम्रो पहलमा निर्माण प्रक्रियामा रहेको तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक
राजमार्ग निर्माण सम्पन्न गर्न लाग्ने छु ।
–यी लगायतका हाम्रो पहलमा अगाडि बढेका निर्माणाधिन प्रमुख सडकखण्डहरु पूरा गर्न लाग्ने छु ।
–कृषि, पर्यटन लगायतका सम्भाव्य स्थानहरुलाई गाउँपालिकाका केन्द्रसंग जोड्ने महत्वपूर्ण सडक र पुलहरु जोड्न लाग्ने छु ।

–सबै पालिका अन्तर्गत गाउँवेशी जोड्ने प्रमुख सडकहरु निर्माणमा जोड दिने छु ।
–लिखु र तादी नदि कटानलाई नियन्त्रण गर्दै खेतियोग्य जमिनमा सिंचाईको पूर्ण व्यवस्थाकालागि विशेष पहल गर्नेे छु ।
–मानव जीवनको आधार शुद्ध पिउने पानीको व्यवस्थाकालागि विशेष पहल गर्नेे छु।
–हरेक विकास निर्माणका आयोजनाहरु पूर्णरुपमा वातावरणीय अèययनका आधारमा लागु गर्नुपर्ने व्यवस्थालाई पैरवी गर्दै सिसडोल–बञ्चरे डम्पिङ साइट प्रभावित क्षेत्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुरुप पूर्ण कार्यान्वयनमा लैजान पहल गर्नेे छु ।
–हामीले विद्युतीकरणलाई लगभग पूर्णता दिएका छौं । उद्योग, व्यवसाय र बढ्दो विद्युतीय उपकरणहरुको प्रयोगको माग धान्न विद्युतीकरणको गुणस्तर र क्षमता बढाउन लाग्ने छु ।

कृषि र किसानलाई समृद्ध बनाउने ठोस योजना

–आधुनिक सिंचाइ, मल, बीउ र बजारको पहुँच सुनिश्चित गर्न पहल गर्नेे छु ।

–किसानका स्थानीय उत्पादनको ब्राण्डिङ र जडिबुटीलाई प्रशोधन उद्योगसँग जोड्न पहल गर्नेे छु ।

–स्थानीय उत्पादनहरुको संरक्षण र बजार मूल्यको सुनिश्चितता मेरो मुख्य èयेय हो
। म जिम्मेवारीमा रहँदा आलु, प्याज, स्याउ लगायत स्थानीय उत्पादनको
संरक्षणकालागि आयातित वस्तुहरुसँग प्रतिस्पर्धाबाट हुने क्षति रोक्न भन्सारमै मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको र उत्पादनमा आधारित अनुदानको प्रावधान अगाडि बढाएको यहाँहरु सबैलाई अवगत नै छ ।
–नुवाकोटमा उत्पादन हुने स्ट्रबेरी, ट्राउट माछा, मूला, आलु, किवि, कफि र पशु तथा कुखुरा, धान लगायत खाद्य वस्तुलाई बजारीकरण गर्न पहल गर्ने र शीतभण्डारहरु निर्माण गरी बजारमूल्यको सुनिश्चितता गराउन पहल गर्नेे छु ।

–किसानहरुको प्रमुख समस्याको रुपमा रहेको बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति नियन्त्रण र व्यवस्थापनकालागि नीतिगत निर्णय गरी समाधान गर्न पहल गर्ने छु ।
– नुवाकोटका विभिन्न पालिकामा भैरवि र गोसाईकुण्ड गूठी अन्तर्गत पर्ने जमिनलाई रैकर बनाउन पहल गर्ने छु ।

पर्यटनबाट समृद्धि

–ककनी, सूइरेचौर, बाघमारा, तलाखु चिसापानी, पञ्चकन्या कोटथोकदेखि गोल्फुभञ्ज्याङ कुटुङसाङसम्मका क्षेत्रहरु लगायतका अन्य सम्भाव्य पर्यटकीय क्षेत्रहरुको गुरु योजना तयार गरी विकास गर्न लाग्ने छु ।
–दुप्चेश्वर, कपिलेश्वर महादेव लगायतका महत्वपूर्ण धार्मिक स्थलहरुलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गर्नेे छु ।
–नुवाकोट क्षेत्र नंः १ हुँदै गोसाईकुण्ड जाने पदमार्गहरु निर्माण साथै केवलकार मार्फत समेत जोड्न पहल गर्ने छु ।
–यहाँ क्षेत्रका महत्वपूर्ण पर्यटकीय सम्भाव्य क्षेत्रहरु– साहसिक पर्यटन, रिसोर्ट, होमस्टे र खेल पर्यटन विकास गर्न पहल गर्ने छु ।

शिक्षा र स्वास्थ्य

–सूचना प्रविधिको हालको विकासक्रमलाई आत्मसाथ गर्दै वागमती प्रदेशस्तरीय आवासीय प्राविधिक एवम् सूचनाप्रविधि शिक्षालय स्थापना गर्न पहल गर्ने छु।

–हरेक क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति तयार पार्न गुणस्तरीय पठनपाठनकालागि
सुविधायुक्त विद्यालय, प्राविधिक शिक्षा र डिजिटल शिक्षण प्रणाली अवलम्बन गर्न पहल गर्ने छु ।
–नुवाकोट क्षेत्र नंः १ मा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनमा जोड दिने छु ।

युवालाई नुवाकोटमै अवसर

–युवा उद्यमशीलतालाई रोजगारीको प्रमुख आयामकारुपमा विकास गर्न कृषि, पर्यटन, उत्पादन र सूचना प्रविधिसम्बन्धि सीप विकास, उद्यमशील कोष र उद्यम कार्यक्रम अगाडि बढाउन पहल गर्ने छु ।
–सार्वजनिक, निजी साझेदारीमा कृषि, पर्यटन, उद्योग, व्यवसाय स्थापना र प्रवद्र्धनकालागि आवश्यक पहल गर्ने छु ।
उद्योग र लगानी वातावरण
–काठमाडौ उपत्यकाबाट नजिक रहेको नुवाकोटलाई सम्भावित औद्योगिक र व्यवसायीक केन्द्र बनाउने योजना अघि बढाउने छु ।

युवा तथा महिला

–महिलाहरुको सशक्तिकरण, सिपविकास र स्वरोजगारका नयाँ अवसरहरु सिर्जना गर्न ठोस पहल गर्ने छु ।
–खेलकूदको पूर्वाधार विकास र युवा खेलाडीको क्षमता अभिवृद्धि गर्न योजनाबद्ध पहल गर्ने छु ।

सबैको सहभागिता–साझा समृद्धि

–विकास कुनै पार्टीको होइन—जनताको हो । विकास निर्माणका हरेक आयोजना जनताको प्रत्यक्ष सहभागिता र प्राथमिकताका आधारमा अघि बढाउने छु ।
–समृद्ध नुवाकोट निर्माणकालागि स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र
समुदायलाई एउटै लक्ष्यमा जोड्नेछु । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
अतः आगामी फागुन २१ गते हुने निर्वाचनमा ‘समृद्ध नुवाकोट निर्माण अभियान’ सफल बनाउन सँगसँगै हिडौं ।

आधुनिक, रोजगारीयुक्त, शिक्षित र विकसित, समृद्ध नुवाकोट बनाउन अनुभवी, सक्षम र काम गर्ने नेतृत्व रोज्नुहुनेछ भन्नेमा विश्वस्त छु । रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउनु हुन सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाइहरुमा म पुनः हार्दिक अपिल गर्दछु ।

तपाईंको मत - विकासको मत
तपाईंको विश्वास - मेरो जिम्मेवारी
नारा होइन, नतिजा । वाचा होइन, विकास । अरु कुरा गर्छन्, कांग्रेस काम गर्छ
जय नेपाल !
डा. प्रकाश शरण महत प्रतिनिधि सभा सदस्य उम्मेदवार
नुवाकोट क्षेत्र नंः १

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८