Ad
Ad

कला

Ad

नेपालीले बनाएको बुद्ध मूर्ति अमेरिकामा

नेपालीले बनाएको बुद्ध मूर्ति अमेरिकामा

ललितपुर । नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित एक गुम्बामा राखिने भएको छ ।  सानफ्रान्स्किोमा रहेको चर्चलाई गुम्बा बनाएर त्यहाँ उक्त बुद्धको मूर्ति राख्न लागिएको हो । पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार विरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो । उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन् । उक्त मूर्तिलाई सोमबार जहाजबाट लगिने छ । तामाका उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार विरेन्द्रले बताए ।


जो स्तनले चित्र बनाउछिन

जो स्तनले चित्र बनाउछिन

एजेन्सी । बेलारुसकी चित्रकार नादिया म्याटिएभ्स्कायीयाले स्तनले बनाएका तस्बिर अहिले संसारभर चर्चामा छन् । आफ्नै प्रयासले चित्रकला सिकेकी नादियाले अनौठोशैलीले चर्चा कमाएकी छिन् । उनले चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।


बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनीको

बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनीको

काठमाडौं । बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी साउन १४ गते मंगलबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलमा सुरु भएको छ । एक समारोहका बीच नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले बन्धुत्व शीर्षकमा आयोजित कला प्रदर्शनीको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै राजदूत शाम्सले यस प्रदर्शनीले नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास व्यक्त गरिन । भाषा, संस्कृति र कलाको सन्दर्भमा दुबै देश अत्यन्तै नजिक रहेको बताउनुहुँदै राजदूतले दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने यस्ता कलात्मक गतिविधिले भविष्यमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखिन ।


नमस्ते मेहेन्दी महोत्सव हुदैं

नमस्ते मेहेन्दी महोत्सव हुदैं

काठमाडौं । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ । ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमानमस्ते मेहेन्दी महोत्सवको आयोजना गरेको हो । आयोजक नेटवर्ककी संस्थापक फाइजा परवीनले श्रावण महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि महोत्सवको आयोजना गरिएको बताइन ।


चार दिवसीय आवासीय लोककला कार्यशाला

चार दिवसीय आवासीय लोककला कार्यशाला

काठमाडौँ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको लोककला विभागद्वारा आयोजित कार्यशालामा मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलालगायतका कला क्षेत्रका ३७ जना कलाकार सहभागी थिए ।


मिस टिन एसईईका प्रतिस्पर्धीले गरे आ आफ्नो प्रतिभा प्रदर्शन

मिस टिन एसईईका प्रतिस्पर्धीले गरे आ आफ्नो प्रतिभा प्रदर्शन

काठमाडौँ ।स्टार वान इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेष्ठ ३२ गते राजधानी हुने मिस टिन एसईईका प्रतिस्पर्धीहरुले आफुमा अन्तरनिहीत प्रतिभा प्रदर्शन गरेका छन्।


मिथिला चित्रकार रन्जुलाई राष्ट्रिय ललितकला पुरस्कार

मिथिला चित्रकार रन्जुलाई राष्ट्रिय ललितकला पुरस्कार

काठमाडौं । चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत भएकी छन । जेठ २ गते बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधा अन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो ।


मधेश र पहाडको उत्पीडनको कथा हेर्न पुगे लालबाबु पण्डित

मधेश र पहाडको उत्पीडनको कथा हेर्न पुगे लालबाबु पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेका छन । अनामनगरस्थित मण्डला नाटकघर पुगेका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताएका छन । पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतता प्रदान गर्नु पर्ने मन्त्री पण्डितले बताए ।


माछा मार्न जाने ढोक्सा बोकेर नृत्यको तयारीमा मेचे युवती

माछा मार्न जाने ढोक्सा बोकेर नृत्यको तयारीमा मेचे युवती

मेचे जातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले झापाको मेचीनगर–१०, धुलाबारीमा जारी प्रथम अन्तर्राष्ट्रिय मेचे बोडो साहित्य सभामा माछा मार्न जाने ढोक्सा बोकेर नृत्यको तयारीमा मेचे युवती ।


राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गठन, अध्यक्षमा आचार्य चयन

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गठन, अध्यक्षमा आचार्य चयन

माधव खनाल, अर्घाखाँची । देश भित्र रहेका लोक भजनहरुको संरक्षण सम्बर्धन र सबैलाई संगठित गर्ने उद्धेश्यका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान अर्घाखाँचीको तदर्थ समिति गठन भएको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad