मच्छिन्द्रबहालमा धार्मिक प्रवचन कार्यक्रम हुने, हिन्दु तथा बौद्ध गुरुहरु काे प्रवचन रहने
काठमाडौं । फागुन २१ गते देखि २८ गते सम्म हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा एक हप्तासम्म धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित उक्त प्रवचन कार्यक्रम गर्न लागिएको हो ।