Namaste Icon
Ad
Ad

पर्यटन

Ad

बेलायतमा हाइक फर नेपाल

बेलायतमा हाइक फर नेपाल

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष’ २०२० प्रर्वद्धन गर्ने उद्देश्यले शनिबार बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) सम्पन्न गरिएको छ । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो । करिब १२ किलोमिटर लामो पैदलयात्रालाई ‘नेपालका लागि संगसंगै पाईला चालांै’ नारा दिइएको थियो । वि विल राइज फाउन्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेयता विदेशमा रहने नेपालीहरुको प्रयासमा भएको यो सम्भवतः पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ ।


महायज्ञमा वडाका जनप्रतिनिधि र कर्मचारीबाट एक/एक महिनाको तलब सहयोग

महायज्ञमा  वडाका जनप्रतिनिधि र कर्मचारीबाट एक/एक महिनाको तलब सहयोग

सन्तोष दहाल, ललितपूर । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा धर्मशाला निर्माण गर्ने उद्देश्यले गोदावरी नगरपालिका १३, झरुवारासीस्थित तासिन्चोक ( पोखरीटार) मा गत श्रावण ७ गतेबाट आयोजना भईरहेको १०८ वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञबाट चौथो दिनसम्म आईपुग्दा साढे ८ लाख भन्दा बढी सहयोग रकम उठेको छ। सप्ताह आयोजक समितिका सचिव एबम युवा सूचना केन्द्र झरुवारासिका अध्यक्ष सुवास घिमिरेले महायज्ञमा भक्तजनहरुको उल्लेखनीय एबम उत्साहपूर्ण सहभागिता रहेको तथा दानवीर दाताहरुको उत्साह बढ्दो क्रममा रहेको बताए ।


टानद्धारा ‘पर्यटन उद्धार छानविन समिति’ गठनको स्वागत

टानद्धारा ‘पर्यटन उद्धार छानविन समिति’ गठनको स्वागत

काठमाडौं । ट्रेकिंग एजेन्स्जि एशोसिएसन अफ नेपाल (टान)ले नेपाल सरकारले हालै उद्धार क्षेत्रमा देखिएका समस्या समाधानार्थ ‘पर्यटन उद्धार छानविन समिति’ गठनको स्वागत गरेको छ । ढिलै भए पनि उद्धार कार्यलाई व्यवस्थित र मयादित बनाउन सरकारले आरम्भ गरेको काम प्रति टानले सुखि व्यक्त गरेको हो ।


ज्येष्ठ नागरिक दिवा केन्द्र र धर्मशाला निर्माणको निम्ति महायज्ञ

ज्येष्ठ नागरिक दिवा केन्द्र र धर्मशाला निर्माणको निम्ति महायज्ञ

सन्तोष दहाल , ललितपूर। गोदावरी नगरपालिका १३, झरुवारासीमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा धर्मशाला निर्माणको पवित्र उद्देश्य राखी १०८ श्रीमद्भागवत स्वर्णिम कल्याण सेवा परिषद्को ५८ औं अनुष्ठानद्वारा झरुवारासिस्थित तासिन्चोकमा वृहत श्रीमद्भागवत भक्ति सत्संग महायज्ञको आयोजना हुने भएको छ ।


सौराहा–पोखरा सुविधा सम्पन्न पर्यटक बस सञ्चालन हुने

सौराहा–पोखरा सुविधा सम्पन्न पर्यटक बस सञ्चालन हुने

चितवन । सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।


‘फेक रेस्क्यु’ गर्नेलाई कारबाही गर्ने चेतावनी, पर्यटन श्रमिकको क्षमता बढाउन तालिम सुरु

‘फेक रेस्क्यु’ गर्नेलाई कारबाही गर्ने चेतावनी, पर्यटन श्रमिकको क्षमता बढाउन तालिम सुरु

काठमाडौँ । पदयात्रा वा अन्य कुनैपनि समयमा पर्यटकहरुलाई बिरामी गराएर ‘फेक हेलिकप्टर रेस्क्यु’ गरी बीमा असुल गर्ने जो कोहिलाई कारबाहीको दायरामा ल्याउन पर्यटन श्रमिक नेताहरुले पर्यटक घुमाउने श्रमिकहरुलाई निर्देशन दिएका छन् ।नेपाल पर्यटन बोर्डको प्रायोजनमा तीन ठूला मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको आयोजनामा राजधानीमा सुरु भएको संयुक्त तालिमको उद्घाटन कार्यक्रममा श्रमिक नेताहरुले पयृटन क्षेत्रको बद्नामी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।


पर्यटकीय गन्तव्य बन्दै ह्यात्रुङ झरना

पर्यटकीय गन्तव्य बन्दै ह्यात्रुङ झरना

अमृत बास्तोला, रासस – तेह्रथुम । फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । वर्षायामसँगै पानीको बहाव बढेपछि झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।


तमानखोला गाउँपालिमा पर्यटकिय सम्भावना– टान

तमानखोला गाउँपालिमा पर्यटकिय सम्भावना– टान

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान० ले नेपाल पर्यटन बोर्ड र तमानखोला गाउँपालिकासँग सहकारी गरी बागलुङ जिल्लाको तमानखोला गाउँपालिकालाई नयाँ पर्यटकीय गन्तव्य बनाउन अध्ययन पुरा गरेको छ । टानले बुर्तिबाङ हुँदै, बाराहताल, गुर्जाघाट, नर्जा, नौ डल्ले, शोले हुँदै तामन गाउँपालीकाको दुर्लेक डाँडासम्मको अध्ययन गरेको छ ।


पर्यटकीय बसपार्क कान्तिपथबाट हट्ने

पर्यटकीय बसपार्क कान्तिपथबाट हट्ने

अच्युत रेग्मी, रासस – काठमाडौं । तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् ।


गोसाइंकुण्डमा तीन हजारले स्नान गरें

गोसाइंकुण्डमा तीन हजारले स्नान गरें

रासस, रसुवा । रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् ।


Ad
Ad
Ad
Ad
Ad
Ad