शुक्लाफाटामा बाह्रसिंगा
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । तस्बिरः शेरबहादुर सिंह/रासस
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । तस्बिरः शेरबहादुर सिंह/रासस
म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारामा आयोजित गौश्वारा समाज सम्वृद्ध महायज्ञको तेस्रो दिन शनिबार स्वामी कमलनयनाचार्य प्रवचन गर्दै । तस्वीर : ध्रुवसागर शर्मा/रासस
चैते छठ पर्वको अवसरमा बिहीबार वीरगन्जको घडिअर्वा पोखरी परिसमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अराधना गर्दै ब्रतालुहरु । तस्वीर : विजय कुमार महतो, रासस
काठमाडाैं । नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा राख्न नपाइने व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुने लगायतका विषयहरू उल्लेख छन् ।
उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र नुवाकोटको ‘प्रदर्शनी प्लट’मा उत्पादन गरिएको रेड रेडी जातको मेवा । कार्यालयले स्थानीय बजारमा उक्त मेवा प्रतिकिलो रु ५० मा बिक्री गर्ने गरेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, बाँसघारीस्थित खेतमा किसानले गरेको आलुखेती । तस्बिरः पेमा लामा, रासस
भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ वैकुण्ठेमा उपचारका लागि स्टेचरमा बोकेर बिरामी लैजाँदै । दुर्गम भेगमा एम्बुलेन्सको सुविधा नहुँदा स्थानीय बासिन्दालाई समस्या छ । तस्वीर : युवराज विष्ट/रासस
घोराही-६ का किसानले गरेको बर्सिम घाँसको खेती । पशुकालागि पोसिलो मानिएको बर्सिम घाँसको दाङमा केही किसानले व्यवसायिक रुपमै खेती गरेका छन् । तस्वीर : रञ्जिता अधिकारी , रासस
काठमाडौं । ‘सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं’ भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ । फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ्ना अनुभव राखेका थिए । देशभरबाट १ सय ५० सहभागि रहेको कार्यशालामा बोल्दै माउन्टेन फोटोग्राफर जगदिश तिवारीले पेशागत सम्मानका लागि कार्यदक्षताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने र त्यसकालागि सिपमा निखारपना ल्याउनु पर्नेमा जोड दिएका थिए । फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले फोटोग्राफरलाई एउटै ठाउँमा उभिएर व्यावसायीकतामा निखारपना ल्याउन फोटोपसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उठेर काम गर्ने बताए ।