यी हुन, विश्वकी सबभन्दा कान्छी अर्बपति
एजेन्सी । अमेरिकाकी २१ बर्षिया युवती काइली जेनर श्रृंगारका सामान व्यवसायबाट २१ वर्षको उमेरमै अर्बपति बनेकी हुन् । काइली आफ्नै बलबुताका कारण अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति सूचीमा परेकी छिन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचीमा परेकी २१ वर्षीया काइलीले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।