
एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो ।
टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो ।
उनको विरोधमा हजारौं मानिसहरू बैंककको सडकमा उत्रिएर राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । यद्दपि सिनावात्राले फोन कलका लागि माफी मागेकी थिइन् । गत वर्ष साउन ३२ गते उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google