महिन्द्राको ‘अल–न्यू स्कर्पियो–एन’ नेपालमा, यस्ता छन् मुख्य विशेषता
काठमाडाैं महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमवार एक कार्यक्रमका बीच महिन्द्राले नयाँ एसयुभी सार्वजनिक गरेको हो । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीको दाबी छ ।