अर्थमन्त्रीलाई नाडाको ३६ बुँदे सुझाव - नेपालको अटोमोवाइल उद्योग फष्टाउन आयातित कच्चा पदार्थहरुमा छुट दिन माग

दर्पण दैनिक २३ चैत्र २०८२,२१:१४
post

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ। 

अटोमोबाइल प्रतिनिधिहरुसँगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन बर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि बृद्धि हुने र रोजगारी पनि बढने बताएको नाडाले जनाएको छ। 

सो छलफलको क्रममा मन्त्री वाग्लेले सरकार राजस्व संकलनमा कसरी बृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजस्वमा बृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिएका थिए। 

यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताएको नाडाले जनाएको छ। 

सोही छलफलको क्रममा अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनुपर्ने आवश्यकता रहेको भन्दै बर्तमान अवस्थामा सिकेडीलाई सजिलो भए पनि उद्योगहरुलाई भने कठिनाइ भइरहेको बताए। 

अध्यक्ष उप्रेतीले टायरटयूव व्याट्री, लुविकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोवाइल बस्तुहरु नेपाल मै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउँदै सरकारले अटोमोबाइल वस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनुपर्ने धारणा राखेका थिए।

सोही भेटघाटको क्रममा अध्यक्ष उप्रेतीले नाडाको तर्फबाट ३६ बुँदे लिखित राय/सुझावहरु समेत पेस गरेका छन्। 

सो छलफलको क्रममा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनण्ट उद्योगहरुको ठूलो सम्भावना रहेकोे बताए। नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुको सम्बद्र्धन र प्रवद्र्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गरे। सोही क्रममा श्रेष्ठले भारतमा जीएसटी घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने धारणा राखे। 

यसैक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई प्रश्रय दिनुपर्ने बताए। उक्त छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति थियो।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: