डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात, 'एनआईएमबी पेवियर' लोकार्पण

दर्पण दैनिक ९ कार्तिक २०८१,१२:२७
post

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलोपटक भिसा वेयरेबल स्टिकर 'एनआईएमबी पेवियर'को आधिकारिकरूपमा लोकार्पण गरेको छ । बैंकले छिटो र सुरक्षित सम्पर्करहित कारोबार गर्न सक्ने नयाँ प्रविधि सार्वजनिक गरेको हो । यसले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात भएको बैंकले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले एनआईएमबी पेवियर नेपालका लागि गेम–चेन्जर भएको बताए । उनले यस उत्पादनले ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्णरूपले परिवर्तन गर्ने बताए ।

एनआईएमबी पेवियरले ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ, जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउने बताइएको छ । ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै पाँच हजार रुपैयाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता पर्छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालभर नौवटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू (जसमध्ये ६.५ लाख नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका विशेष कार्डहरू हुन्) सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । बैंकले २७५ शाखा कार्यालय, २६५ एटीएम, ६५ वटा विस्तार/राजस्व संकलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटमार्फत सेवा दिँदै आएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९