सन्तोष दहाल, ललितपुर । पर्यटन सहकारी संघ लिमिटेड ललितपुरको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले विगत डेढ दशक अघिदेखी सहकारी क्षेत्रमा क्रियाशील युवा रुपेश तिमल्सिनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिती निर्विरोध रुपमा निर्वाचित गरेको छ ।
संघका अन्य पदाधिकारीहरुमा दमननाथ तुलाधर उपाध्यक्ष,देवराज लामिछाने सचिव तथा प्रकाश तिमल्सिना कोषाध्यक्ष रहेका छन् । साथै सञ्चालक समिति सदस्यहरुमा विदुर प्रसाद तिमल्सिना, विनोद प्रसाद घिमिरे, प्रकाश तिमल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी विशेष साधारणसभाले गोपाल सञ्जेलको संयोजकत्वमा ३ सदस्यीयलेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई निर्वाचन समितिका संयोजक अनिलवीर बज्राचार्यले शनिबार शपथ ग्रहण गराएका छन् । अध्यक्षमा निर्वाचित तिमल्सिनाले विगत केही वर्षदेखि गठन भएर निष्क्रिय रहेको संघलाई अब आफ्नो नेतृत्वको समितिले सक्रिय रुपमा अगाडि बढाउने बताए । तिमल्सिनाले आगामी दिनमा संघलाई अद्यावधिक र आन्तरिक व्यवस्थापन, संघमा आबद्ध प्रारम्भिक संस्थाहरुको अद्यावधिक र व्यवस्थापन गर्दै सिंगो सहकारी अभियान सँग जोडिएर जिल्ला संघलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google