आदर्श र नाडेप लघुवित्तले घोषणा गरे लाभांश

दर्पण दैनिक १९ माघ २०७९,१२:५५
post

काठमाडाैं । आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरी कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी रु दुई करोड सात लाख छ ।

यस्तै, नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू ४८ करोड ५७ लाख ६० हजार छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: