काठमाडौं । नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण सार्वजनिक गरेको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि निसान म्यागनाइट नवीनतापूर्ण आरामदायी सुविधासहित उपलब्ध भएको कम्पनीले जनाएको छ ।
निसान म्याग्नाइट स्मार्ट इडिसन मार्चभरी खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिने बताइएको छ । यस गाडीको खरिदमा ग्राहकले विभिन्न लाभ समावेश गरी तीन लाख १६ हजार १९६ रुपैयाँसम्म फाइदा पाउन सक्नेछन् ।
स्मार्ट इडिसनमा मनोरञ्जनका लागि नयाँ ८ इन्चको टच स्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ । यसमा फग लाइटहरू समावेश गरिएका छन् । स्मार्ट एल.इ.डि. डि.आर.एल.ले कारको डिजाइनमा सुन्दरता थप्दछ ।
एलोय ह्विल, मस्कुलर लाइनहरू र डायनामिक स्टाइल डिजाइनले गर्दा यो गाडी हरेक कोणबाट साँच्चिकै आकर्षक र बोल्ड देखिन्छ । वायरलेस चार्जर भएकोले, ड्राइभको आनन्द लिँदै, सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ ।
निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार, ‘निसान म्याग्नाइट स्मार्ट इडिसन गाडीले निसानको निरन्तर इनोभेसनद्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउँछ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google