काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । हिजो (२०८० असोज १६) देखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमाआफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तरपश्चिमीनाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसकालागिआवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो ।
पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो वाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाकाप्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमाआउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुनेछन् ।
करिव ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकरभारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिव ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।
नेपाल टेलिकमले प्रतिफलकम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरतादिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारी
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google