बाजुरा प्रहरीले भन्यो - विदामा रहेका कार्यालय प्रमुखकाे बदनाम गरियाे, कानुनी उपचारमा जान्छाैं

दर्पण दैनिक १९ पुष २०८०,१५:४१
post

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले फेसबुक लगायतबिभिन्न सामजिक सञ्जालहरुमा बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्र सिंह बोहराको फोटो तथा नाम राखी जवरजस्ती करणी मुद्धाका पीडीतमाथि अपशब्द प्रयोग गरेको र मुद्धा दर्ता नगरेको भन्ने व्यहोराहरुको स्टाटस तथा भिडियोहरु प्रति  गम्भिर ध्यानाकर्षण भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहरा कार्यालयमा हाजिर नभई बिदामा काठमाडौं रहेको प्रस्ट पारेको हो ।  खगेन्द्र सुनारलगायत दलित अभियन्ताले सामाजिक सञ्जालमा ‘बाजुराका डीएसपी कवीन्द्र बोहराले गर्भवती दलित महिला बलात्कार मुद्दा लिएर गएका श्रीमान् र देवरलाई उल्टै थुनेको’ तथा ‘डीएसपी बोहराले बढी बोले यो डुमिनी (पीडित) लाई पनि थुन्छु’ भनेको भनी लेखेपछि बाजुरा जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गरी खण्डन गरेको हो । 

‘फेसबुकलगायत विभिन्न सामजिक सञ्जालहरूमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराको फोटो तथा नाम राखी जबर्जस्ती करणी मुद्दाका पीडितमाथि अपशब्द प्रयोग गरेको र मुद्दा दर्ता नगरेको भन्ने बेहोराहरूको स्टाटस तथा भिडिओहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी कुनै पनि सूचना सामाजिक सञ्जालमा सम्प्रेषण गर्नुपूर्व सोको सत्यता बारेमा बुझेर एकिन गरी मात्र सम्प्रेषण गर्नुपर्नेमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहरा कार्यालयमा हाजिर नभई बिदामा काठमाडौँमा रहेको अवस्थामा उहाँको नाम जोडी चरित्रहत्या गर्ने दूषित मनसायले सो स्टाटस सम्प्रेषण गरेको र महिला बालबालिका तथा दलित एवं अल्पसंख्यक समुदायमाथि हुने कुनै पनि अपराधको अनुसन्धान तथा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा पूर्ण रूपमा सजग तथा जिम्मेवार भई दत्तचित्तका साथ लागिरहेको र भविष्यमा समेत लागिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।’


बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार, जिल्लाको हिमाली गाउँपालिका–३ की एकजना सात महिनाकी गर्भवती दलित महिलाले आफूलाई स्थानीय गैरदलित पुरुषले जबर्जस्ती करणी गरेको भनी यही पुस १३ गते जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दरखास्तका आधारमा आरोपित जंगसिंह बुढालाई त्यही दिन पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको अनुमतिसमेत लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । 

प्रहरीकै विज्ञप्तिअनुसार, यसको २ दिनपछि पुस १५ गते उनै जंगसिंहका बुवा परेउलाल बुढाले आफ्ना छोरालाई आक्रमण गरी घाइते बनाएको भन्दै बलात्कार पीडित महिलाकै श्रीमान् र देवरविरुद्ध ‘ज्यान मार्ने उद्योग’ कसुरमा जाहेरी दिए। सो आधारमा उनीहरूलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

 

यस्तो छ, जिल्ला प्रहरी कार्यालय बाजुराको विज्ञप्ति


प्रेस बिज्ञप्ती 

फेसबुक लगायत बिभिन्न सामजिक संजालहरुमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराको फोटो तथा नाम राखी जवरजस्ती करणी मुद्धाका पीडीतमाथि अपशब्द प्रयोग गरेको र मुद्धा दर्ता नगरेको भन्ने व्यहोराहरुको स्टाटस तथा भिडियोहरु प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

यसरी कुनै पनि सुचना सामाजिक संजालमा सम्प्रेषण गर्नु पूर्व सो को सत्यता बारेमा बुझेर एकिन गरी मात्र सम्प्रेषण गर्नु पर्नेमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहरा कार्यालयमा हाजिर नभई बिदामा काठमाण्डौमा रहेको अवस्थामा उहाँको नाम जोडी चरित्रहत्या गर्ने दुषित मनसायले सो स्टाटस सम्प्रेषण गरेको र महिला बालबालिका तथा दलित एंव अल्पसंख्यक समुदाय माथि हुने कुनै पनि अपराधको अनुसन्धान तथा न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा पुर्ण रुपमा सजक तथा जिम्मेवार भई दत्तचित्तका साथ लागि रहेको र भबिष्यमा समेत लागि रहने प्रतिबद्धता व्यक्त गर्दछ ।

सामाजिक संजालहरुमा उल्लेख गरिएको महिला उपर भएको जवरजस्ती करणी सम्बन्धी कसुर मुद्धाको जाहेरी दरखास्त मिति २०८०।०९।१३ गते यस कार्यालयमा प्राप्त भई सो मुद्धाका प्रतिवादी जंग सिंह बुढा सोही मितिमा पक्राउ परी सम्मानित बाजुरा जिल्ला अदालतबाट सोही दिनबाट लागु हुने गरी दिन ७ (सात) को म्याद थप अनुमति समेत प्राप्त भई अनुसन्धान तहकिकात भईरहेको र निज जंगसिंह बुढामाथि बिहानको समयमा आक्रमण गरी घाईते बनाउने कार्यमा संलग्न दुई जना व्यक्तिहरुलाई समेत निजको बुवा परेउलाल बुढाको ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरीका आधारमा मिति २०८०।०९।१५ गते पक्राऊ गरी अनुसन्धान भईरहेको व्यहोरा समेत जानकारीका लागी अनुरोध गरिएको छ ।

साथै यसरी कुनै पनि समाचार तथा सुचनालाई सामाजिक संजालहरुमा सम्प्रेषण गर्नु पुर्व उक्त सुचनाको आधिकारिकता समेत बुझ्नु पर्नेमा सो नगरी झुठा, बनावटी एंव भ्रमात्मक रुपले व्यक्तिको झुठा,बनावटी चरित्रहत्या गर्ने र सामाजिक सहिष्णुतामा खलल पार्ने दुषित मनसायले सामाजिक संजालको दुरुपयोग गरेको पाईएको हुदाँ सो सम्बन्धमा उचित कानुनी उपचारको बाटो खोजी कानुन कारवाही गरिने व्यहोरा समेत जानकारी लागि अनुरोध गरीएको छ ।

सुचना अधिकारी 
जिल्ला प्रहरी कार्यालय बाजुरा ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: