चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको सम्मान

दर्पण दैनिक १४ आश्विन २०८१,१३:३५
post

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंशा गर्दै सम्मान गरेका छन् । आज शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे । 

‘तपाईंले आफैलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो । मानवीयता देखाउनुभयो । तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उनले भने, ‘ सरकारले अहिले राहत र उद्धारमा काम गरिररहेको छ । घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको छ । घाइतेको उपचारमा सरकारले प्राथमिकताका साथ काम गरिररहेको छ ।’ तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२