धनकुटामा ओलीमाथि हातपात

दर्पण दैनिक २८ मंसिर २०८०,१६:४८
post

धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले हातपात गरेका छन् । 

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि हातपात भएको हो । उनीमाथि लेगुवाकै महेश राईले हातपात गरेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर आक्रमणकाे प्रयास गरेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: