काठमाडाैँ । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन् । उनले १४३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरेकी छन् । यस्तै, नेकपा एमालेका ऐनबहादुर शाहीले ७८ र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीले ४९ प्राप्त गरेका जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गगन बमले १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले ५ मत प्राप्त गरेका छन् । ६ सय ९ मतदाता रहेकामा ४११ मत खसेको थियो । ४ मत बदर भएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा यस वडामा नेकपा माओवादीकेन्द्रले निर्वाचन जितेको थियो ।