एमालेमा जिम्मेवारी हेरफेर : यी हुन् जिम्मेवारी पाउने नेताहरू (सूचीसहित)

दर्पण दैनिक १९ जेष्ठ २०८०,१९:०५
post

काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । उनले भने, ‘उहाँहरुले साझा नीति बनाउने, सरकारलाई दबाब दिनुपर्ने ठाउँमा दबाब दिने र विषयविज्ञहरुसँग परामर्श गर्नुहुनेछ ।’

योजना तथा नीतिसम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले गर्नेछन् ।

यस्तै मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको नेतृत्व सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई तोकिएकाे छ ।


केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ ।

कर्णाली प्रदेशकाे इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् । बागमती प्रदेशको विशेष कामहरुको संयोजन भने केन्द्रीय कार्यालयले नै गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

यसैगरी केन्द्रीय संगठन प्रमुख काशीनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभागको प्रमुख राजेन्द्र गौतम तोकिएका छन् । पहिला केन्द्रीय संगठन प्रमुखमा खगराज अधिकारी र प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए ।

उपमहासचिव ज्ञवालीका अनुसार स्थानीय कमिटी र पोलिटब्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज बनाइएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाहरु नै तोकेर कामको जिम्मेवारी दिइएको छ । साथै स्कुलिङ, प्रचार र जनसंगठनहरुको संयोजन गर्न सात वटा प्रदेशमा एक–एक जना केन्द्रीय सदस्य खटाइएको छ ।

बैठकले विभिन्न पार्टीबाट आएका १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको ज्ञवालीले बताए । उनका अनुसार मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: