काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेलको कार्यकाल अद्वितीय र अनुकरणीय रहने प्रचण्डको विश्वास लिएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई तथा शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
‘नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाइ ज्ञापन गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै संघीय संसद र प्रदेशसभाका सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु ।’ बिहीबार भएको निर्वाचनमा एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।