काठमाडाैं । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आजबाट ललितपुरमा सुरु हुनेछ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजेबाट सुरु हुन लागेको हो ।
दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google