
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज (बिहीबार) अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने केन्द्रीय समिति बैठकमा समसामयिक राजनैतिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउने उपसभापति अर्यालले बताए ।
रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ । पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको पनि रास्वपाका नेताले बताएका छन् ।
पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ३९ सदस्यीय छ । विधानमा १ सय २१ सदस्यीय केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेको छ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google