सभापति लामिछानेले पत्रकार सम्मेलनमा दिएकाे अभिव्यक्तिको जिम्मेवारी लिन्नँ : अरनिको पाँडे

दर्पण दैनिक २५ माघ २०७९,१९:२१
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेले पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा व्यक्त भनाइहरूको जिम्मा आफूले नलिने बताएका छन् । रास्वपा सभापति लामिछानेले गएको आइतबार पत्रकार सम्मेलन गरी आफूलाई एकोहोरो लखेटेको भन्दै नेपाली सञ्चारमाध्यमको चर्को आलोचना गरेका थिए ।

पाँडेले सामाजिक सञ्जाल ट्विटरमा बुधबार दिउँसो पत्रकार सम्मेलनअगाडि बसेको पार्टीको बैठकले गरेका निर्णयको स्वामित्व भने आफूले लिने तर पत्रकार सम्मेलनमा पार्टी सभापति लामिछानेले दिएका अभिव्यक्तिमा सहमत हुन नसक्ने र जिम्मेवारी नलिने उल्लेख गरेका छन् ।

‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु- हामीले व्यापक छलफल गरेका थियौं,’ केन्द्रीय सदस्य पाँडेले ट्विट गरेका छन्, ‘म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ । जे भनियो, जस्तो शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ ।’

रास्वपा केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड  नेतृत्वको सरकार छाडेर बाहिरिने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य पाँडेले कुनै एक जना नेताको व्यक्तिगत भावनाभन्दा माथि उठेर रास्वपा युवा, सीमान्तकृत र  नेपालप्रति आशा राखेकाहरूका पक्षमा उभिन सक्नुपर्ने पनि ट्विटमा उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: