
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणलाई बीचमै सामसुम पार्न नहुनेमा जोड दिएको छ । बुधबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष प्रस्तुत ज्ञापनपत्रमा दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सो पार्टीका नेताहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र पढ्नोस्–
मिति : २०८०/२/३
सम्माननीय उपप्रधान तथा गृहमन्त्रीज्यू,
नेपाल सरकार, सिहदरवार काठमाण्डौ ।
विषय– ज्ञापन पत्र प्रस्तुत गरिएको ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा संगठन खुला रुपमा सडकमा उत्रेको कुरा यहाँलाई जानकारी नै छ । यो कुकृत्यमा संलग्न सबै अपराधीहरुलाई गिरप्तार गरी हदैसम्मको कानूनी कार्बाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो । त्यसयताका दिनहरुमा यो जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्वाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न राजनीतिक दलहरु र आधिकारकर्मी तथा नेपाली नागरिकहरु सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको वीचमा सकारात्मक सन्देश प्रवाह गरेको छ । निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छोैं । साथै, हामी यस सन्दर्भमा थप ध्यानाकर्षण गराउन चाहन्छौ–
– देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र होईन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको छ । यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको छ अन्तराष्ट्रिय बेइज्जती भएकोछ ।
– यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट कृयाललापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षडयन्त्र गर्ने काम गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको देखिन्छ । नक्कली भुटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोवल खसाल्ने प्रयास गरिएको छ ।
– विगतका धेरै भ्रष्टाचार काण्डहरू यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ । हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गंभीतापूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौं । नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढताापूर्वक अनुन्धानलाई अगाडि बढाउन् तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरुन् भन्ने हाम्रो गंभीर आग्रह छ । मुद्दालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगरियोस् भनी यो ज्ञापन पत्र प्रस्तुत गरेका छौ ं। नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौं । भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कार्वाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने छ ।
धन्यवाद !
......................................
( विजय पौडेल )
प्रमुख, मोर्चा संगठन, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)


























































































1679298112.jpg)
































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google