'सांसद विकास कोष' खारेजीको माग गर्दै रास्वपाले दर्ता गरायाे  संकल्प प्रस्ताव

दर्पण दैनिक १८ जेष्ठ २०८०,१९:२९
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीका लागि संकल्प प्रस्ताव दर्ता गराएको छ । रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको हो । 

रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाको भनाइ छ । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा बजेट भाषण गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको बताएका थिए ।

रास्वपाले संकल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ । 'अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने,' संकल्प प्रस्तावको कारण र औचित्यमा भनिएको छ, 'मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने ।'

रास्वपाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिइरहेको समयमा सरकारले संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्दा मुलुकलाई आर्थिक बोझ थपिँदा विकेन्द्रीकरणको औचित्यमा नै प्रश्न उठाउने भनेको छ । रास्वपाले संसद्बाट संकल्प प्रस्तामा 'संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट तत्काल बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस्' भन्ने निर्देशन हुनुपर्ने माग गरिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: