
काठमाडौँ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो । भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त थिए । मंगलबार उनले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूलाई भेटेका थिए । त्यसपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरे । बिहीबार लामिछाने उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्या जाँदैछन् ।
भ्रमण टोलीमा पार्टी लामिछाने पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)





















































































































































































































































































.jpg)















































































































































.jpg)












































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google