मेयर बालेनकाे पक्षमा सर्वाेच्चकाे अन्तरिम आदेश

दर्पण दैनिक ३ फाल्गुन २०७९,१९:३५
post

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना नलिन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको भनिएका मेयर शाहबाट तत्काल जरिवाना नलिन सर्वोच्चले आयोगका नाममा अन्तरिम आदेश दिएको हो ।

सार्वेच्चको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच न्यायाधीशको इजलासले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वनय नगर्न र लिखित जवाफसहित छलफलमा उपस्थित हुन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आयोगको भदौ ३१ गतको बैठकल समयमै खर्च विवरण पेस नगर्ने करिब १ लाख २३ हजार उम्मेदवारलाई न्यूनतम १ लाख ५० हजार देखि ७ लाख ५० हजार सम्म जरिवाना तोकेको थियो । उक्त जरिवाना फागुन अन्त्यसम्ममा बुझाइसक्नुपर्ने भनिएको थियो । बालेनलाई ७ लाख ५० हजार जरिवाना तोकिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध काठमाडौं महानगरकापालिकाका मेयर शाह सर्वोच्च पुगेका थिए । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७