प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न– संसद्लाई दिउँसै ढाँट्ने ? जनतालाई ढाँट्ने ?

दर्पण दैनिक २२ जेष्ठ २०८०,१२:०१
post

काठमाडौं । नेकपा (एमाले)ले नागरिकता विधेयक प्रमाणीकरणको सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले नभएको अधिकारबाट राष्ट्रपतिलाई उक्साएको आरोप लगाए ।

'प्रधानमन्त्रीलाई हुँदै नभएको अधिकार । विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो ? त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक काम गरेर उक्साउने, संविधान मिच्न दुरुत्सहान गर्ने,' भट्टराईले भने ।

उनले संसद्को विशेष अधिकार हनन भए कारबाही हुन सक्ने नियमावलीमा व्यवस्था रहेको बताए । भट्टराईले राष्ट्रपति संसद्कै अंग भएको बताउँदै संसद् सचिवालयमा आएको पत्रमा कुन सभामुखको नाम छ भन्दै प्रश्न गरे ।

'संसद्लाई दिउँसै ढाँट्ने ? जनतालाई ढाँट्ने ? राष्ट्रपति संसद्को एउटा अंगो हो,' उनले भने । उनले सर्वोच्च अदालतलाई धन्यावाद पनि दिए । उनले ‘मृत भइसकेको विधेयक ब्युँताउने तागत प्रधानमन्त्रीलाई भए द्वन्द्वकालमा मृत भएका १७ हजारलाई उठाइदिऊँ’ भन्दै कटाक्ष गरे ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७