फेरिए ललितपुरसहित विभिन्न जिल्लाका सिडिओ

दर्पण दैनिक ३ जेष्ठ २०८०,१३:४१
post

काठमाडौं । सरकारले ९ जना सहसचिव र १३ जना उपसचिवको सरुवा गरेको छ। जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि छन् । गृहमन्त्रालयले ललितपुर, धादिङ, अछाम, कास्की, गुल्मी र अर्घाखाँचीसहितका जिल्लाका सिडिओको सरुवा गरेको हो । 

ललितपुरका सिडिओ जयनारायण आचार्यलाई गृहमन्त्रालय ल्याएर त्यहाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितलाई पठाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई लगिएको छ । 


सहसचिव बद्रीनाथ गैह्रे धादिङको प्रजिअ बनेर गएका छन्। उता तुलसी बहादुर श्रेष्ठ गृह मन्त्रालय आएका छन् । वासुदेव घिमिरे जिल्ला प्रशासन कार्यालय कास्कीको प्रजिअ भएका छन् । शिवराम न्यौपाने जिल्ला प्रशासन कार्यालय अछामको प्रजिअ भएका छन् ।

कमल राज ढकाल अर्घाखाँचीका प्रजिअ बनेका छन् । उता टेकबहादुर केसी पनि गुल्मीको प्रजिअको जिम्मेवारीमा पुगेका छन् । गुल्मीका प्रजिअ सागरमणि पाठक र अछामका प्रजिअ लक्ष्मण ढकाल गृहमा आएका छन् । अर्घाखाँचीकी प्रजि मिना अर्याल अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा सरुवा भएकी छन् । 

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व पुगेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका उपसचिव कृष्ण पौडेल जिल्ला प्रशासन कार्यालय तेह्रथुम पुगेका छन्। त्यहाँका मोहनप्रसाद अर्याल जिल्ला प्रशासन कार्यालय बर्दियाको सहायक प्रजिअ भएका छन् । 

बर्दियाका सहायक प्रजिअ रमेश पाण्डेय गृह मन्त्रालयमा सरुवा भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी देवी पाण्डे खत्री राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएकी छन् । अध्यागमन विभागका उपसचिव तुलाराज सुनुवार सुर्खेतको सहायक प्रजिअ बनेर गएका छन् ।

रोल्पाका सहायक प्रजिअ ध्रुवप्रसाद कोइराला इलामका सहायक प्रजिअ भएका छन् । गृह मन्त्रालयका उपसचिव बलराम ढकाल काठमाडौंका सहायक प्रजिअ बनेका छन् ।केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलका जेलर डोरेन्द्र निरौला भक्तपुरको सहायक प्रजिअ बनेका छन् । इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई भोजपुरको सहायक प्रजिअ भएका छन् ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post