यस वर्ष पूर्वराजाले विजया दशमी सर्वसाधारणलाई टीका लगाइदिने

दर्पण दैनिक २८ आश्विन २०८०,१५:०९
post

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन् । पूर्वराजाको सम्बाद सचिवालयले विज्ञप्ति जारी गर्दै यसवर्ष पूर्वराजाले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने जनाएको छ । 

सम्बाद सचिवालयले भनेको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहबाट विजया दशमी पर्वका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारण सबैलाई अपरान्ह ४ बजे टिका बक्सने कार्यक्रम रहेको छ ।’

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: