भोजपुर । ईलाका प्रहरी कार्यालय घोडेटार भोजपु्रले 'एक प्रहरी एक गमला' कार्यक्रम सुरू गरेकाे छ । ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिक्रम साह तथा कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थितिमा विभिन्न जातका बिरुवाहरु तथा फुलहरु सहितको जम्मा २४ वटा गमलाहरुले कार्यालयलाई सजावट गरिएकाे हाे ।
कार्यालय सौन्दर्यकरण, सामुहिक भावना तथा आपसी भाईचारा अभिवृद्धि र सकारात्मक उर्जा प्रवाह गरी तनाव व्यवस्थापन गर्ने उदेश्यले साे कार्यक्रम सुरू गरिएकाे प्रहरी निरीक्षक साहले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google