काठमाडाैँ । प्रहरी चौकी चिचिला संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्यप्रसाद अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई २०८१ साल कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हाे ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी सहायक निरीक्षक सुर्यप्रसाद अधिकारील कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका-४ का ४५ बर्षीय पुरुष व्यक्तिलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरी सहित पक्राउ गर्न सफल भएका थिए ।
साथै कार्तिक १८ गते चिचिला गाउँपालिका-३ बस्ने दुई व्यक्तिहरुवीच आपसमा वादविवाद हुँदा ढुङ्गा प्रहार गरी एक व्यक्तिलाई भिरबाट फालेको भन्ने सूचनाको आधारमा घटनामा स्थलमा खटी मृत लास भीरमा अड्किएको अवस्थामा फेला परेको र घटनामा संलग्न थप ४ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएकाे छ ।
साथै आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी सहायक निरीक्षक सुर्य प्रसाद अधिकारीलाई २०८१ साल कात्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको कोशी प्रदेश प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google