स्ट्रिप च्याटमार्फत बालबालिकालाई अश्लील यौनजन्य कार्यमा लगाउने १९ वर्षीया युवती पक्राउ

दर्पण दैनिक ३१ बैशाख २०८१,१८:२४
post

काठमाडौं । स्ट्रिप च्याटमार्फत बालबालिकालाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपलाचोकको पाँचपोखरी घर भई हाल काठमाडौंको माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारी रहेकी छन् ।

अधिकारीले आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी लगाइदिने भन्दै सामाजिक संजालमा (स्ट्रिप च्याट: नि: शुल्क लाइभ सेक्स क्याम र नग्न केटीहरूसँग वयस्क कुराकानीमा) विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत लाइभ भिडियो च्याटमा बसी स्ट्रिप च्याटका ग्राहकसँग अश्लील कुराकानी गर्न लगाउने र बढी आम्दानी गर्नको लागि टाेकन अर्न गर्नुपर्ने र सोको लागी आफ्नो शरीरको कपडा खोली यौनाङगसमेत प्रदर्शन गरी अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लील सामाग्री निर्माणमा प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार  पक्राउ गरेको हो ।


उनलाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: