
काठमाडौं । बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि तनाव भएको छ । स्थानीयले स्कुटरलाई ठक्कर दिने टिपरमा आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो ।
काभ्रे प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । प्रहरीले स्कुटर चालकको शव अस्पताल पठाएको छ। ट्रक चालक भने फरार छन् ।
बनेपा बजारमा टिपरले ठक्कर दिँदा ज्यान गुमाएका स्कुटर चालक पुरुषको पहिचान खुलेको छैन। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । दुर्घटनापछि अरनीको राजमार्ग अन्तर्गत बनेपा क्षेत्रको यातायात ठप्प भएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google