काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीबाट हटाइएका २३ परिवारले घरबारविहीन भएको भन्दै सूची दर्ता गराएका छन्।
सुकुम्बासी बस्ती खाली गरिएपछि त्यहाँ बस्दै आएका परिवारलाई सूची दर्ताका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लगिएको थियो। सो क्रममा २३ परिवारले आफूहरू घरबारविहीन भएको विवरण दर्ता गराएको काठमाडौं उपत्यका विकास प्राधिकरणकी सूचना अधिकारी प्रकृति केसीले जानकारी दिइन्।
उनका अनुसार तीमध्ये ५ परिवारलाई तत्कालका लागि अस्थायी बसोबासका लागि किर्तिपुर पठाइएको छ। अन्य परिवारले भने हालका लागि आफैं बसोबासको व्यवस्था गर्ने बताएका छन्।
प्राधिकरणले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।
सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाएर वास्तविक लाभग्राहीको पहिचान गर्दै व्यवस्थापन गर्ने नीति अनुसार काम भइरहेको जनाएको छ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

























































































































































































































































































.jpg)












































































































































.jpg)




















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google