काठमाडाैं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको हो ।
गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए । मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो । उनले नियुक्ति बदर गर्न माग गरेका थिए ।
पुस ४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको परिषद्को बैठकले पुनलाई निर्देशकमा नियुक्त गरेको थियो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google