सरस्वती घिमिरेको एकल मुक्तक वाचन सम्पन्न

दर्पण दैनिक २० फाल्गुन २०८१,११:४१
post

सन्तोष दहाल, काठमाडौँ  । साहित्यकार तथा कवयित्री सरस्वती घिमिरेको एकल मुक्तकवाचन कार्यक्रम सम्पन्न भएको छ ।  बन्धु फिल्म्स प्रालिको आयोजनामा सोमबार चलचित्र विकास बोर्ड नेपालको सभाहलमा आयोजित एकल वाचन कार्यक्रममा घिमिरेले आफुद्वारा लिखित  मुक्तकहरु वाचन गरेकी हुन् ।

एकल मुक्तक वाचन कार्यक्रमका सभापतिपति साहित्यकार खेमराज दाहाल रहेका थिए भने बरिष्ठ कलाकार एबम कलाकार संघका अध्यक्ष मोहन निरौला प्रमुख अतिथिको रुपमा सहभागी थिए । उक्त अवसरमा बन्धु फिल्म्स प्रालिले कवयित्री घिमिरेलाई  साहित्य क्षेत्रमा निरन्तर कलम चलाएको योगदानको सम्मान स्वरुप नगद रु १० हजार र कदरपत्रसहित सम्मान गरेको छ । 

घिमिरेले एकल मुक्तक वाचनमा आफ्ना २० वटा मुक्तकहरु वाचन गरेकी छिन् । उनका रचनामा जीवन जगत, देशप्रेम , मातृत्व सहित आफूले समेत देखेका र भोगेका सङ्घर्षका प्रसंगहरु उजागर गरिएका छन् । कार्यक्रममा शुभकामना व्यक्त गर्दै साहित्यकार रमेश शुभेच्छुले नारी जीवन र सिँगो देशका समस्या तथा दु: खसुखलाई सरस्वती घिमिरेका रचनामा उजागर भएको बताए । साथै जनयुद्धका समयमा द्वन्द व्यवस्थापन नभएका विषयहरुको साथै समाजभित्रको वर्गीय खाडललाई समेत मार्मिक रुपमा प्रस्तुत गर्ने घिमिरेले मानिसलाई अभिप्रेरित गर्ने सुक्तिमय मुक्तकहरुको रचना गरेर साहित्यमा योगदान दिएको चर्चा गरे  । 

 

यसैगरी व्यवसायी राजेन्द्र सङ्ग्रौलाले साहित्यिक राज्य तथा नीजि क्षेत्रले साहित्य र सिर्जनाको उजागरमा लगानी गर्न सके सर्जकहरुको प्रतिभा र सिर्जना अझै फस्टाउन सक्ने भन्दै सरस्वतीका रचनाले नयाँ पुस्तालाई पनि असल साहित्यिक मार्गमा डोर्याएको बताए  ।

गीतकार मिलन पोखरेलले सामाजिक राजनीतिक रुपान्तरण र परिवर्तनमा साहित्यका कलमको आवाजले सिंगो देश बदल्न र बनाउन सक्ने भन्दै कवि लेखकहरुले समाजभित्रको आत्मालाई चिन्ने उल्लेख गरे । वरिष्ठ कलाकार मोहन निरौलाले  जीवन जगत र आफुले देखेभोगेका कुराहरुलाई सरस्वती घिमिरेले साहित्यको माध्यमबाट उजागर गरेको भन्दै आगामी उज्ज्वल भविष्यसहित साहित्य यात्रामा अनवरत निरन्तरताको शुभकामना व्यक्त गरे । 

विगत २ दशकदेखी साहित्य क्षेत्रमा लागेकी घिमिरेले केही चलचित्रहरुमा समेत अभिनय गरिसकेकी छिन् । उनका हालसम्म रोकिएका पाईला(गद्यकविता सङ्ग्रह), शोकाञ्जली शोककाव्य, गहिरो घाउलाई अक्षरको मलम, प्रहार, भावनाका थुङ्गा जस्ता कृतिहरु प्रकाशित छन् । हाल उनी चलचित्र विकास बोर्ड नेपालको महिला चलचित्रकर्मी सशक्तीकरण समितिको सदस्यको रुपमा समेत कार्यरत छिन् ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: