लाेकप्रिय गीत 'सिमसिमे पानीमा'को नयाँ भिडियो सार्वजनिक

दर्पण दैनिक २३ बैशाख २०८०,२०:३६
post

काठमाडाैं । लाेकप्रिय गीत 'सिमसिमे पानीमा'को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ । २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, सङ्गीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, नेपाली जनजनको प्रिय गीत बन्न सफल भयो ।

सो गीत रेकर्ड भएको तीन दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन् । मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङ 'कि'को सङ्गीत संयोजन र उत्पादन छ भने भारतीय वाधवादकहरूको वादन छ ।

भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूपमा उतारेका छन् । 

सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले स्रोतालाई नयाँ स्वाद दिनेमा गायिका शाह विश्वस्त छिन् । सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ ।

गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन् । रुपेश थापाको छायाङ्कन र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन छ । नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ । त्यस्तै, सोही गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीतमा प्रयोग भएका वाधवादकहरूलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छिन् । यस भिडियोको छायाङ्कन र निर्देशन पनि रुपेश थापाले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माकै छ । रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएका भिडियोले दर्शक-स्रोतामा साङ्गीतिक ऊर्जा थप्ने विश्वास गायिका शाहको छ ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post