लोकप्रिय मोडल झरना बोहराले गरिन् इंगेजमेन्ट

दर्पण दैनिक २३ माघ २०८०,१३:२८
post

काठमाडौं । डेउडा भाकाको म्युजिक भिडियोमा निकै लोकप्रिय मोडल तथा नृत्यांगना झरना बोहराले इंगेजमेन्ट गरकी छन् । सुर्खेत घर भई हाल प्रवाशमा बस्दै आएका लोकेश बिष्ट र मोडल बोहराको यहीं माघ २१ गते नेपालगन्जमा इंगेजमेन्ट कार्यक्रम सम्पन्न गरिएको हो । एकबर्ष अगाडिदेखि चिनजानमा रहेका बोहरा र बिष्ट अब केही समयपछि विवाह बन्धनमा बाँधिने बताइएको छ । 

पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्यांगना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित  छन् । सानैदेखि देउडा गुनगुनाउने उनी पछि अभिनयमा लागिन् । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दै आएकी छन् । 

नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौ वटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । 

सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले तीन सयभन्दा बढीमा अभिनय गरिसकेकी छन् । सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत बोलाउने गरेका छन् । 

हाल स्नातक तहमा अध्ययनरत बोहराले अभिनय क्षेत्रमा लाग्ने प्रेरणा काका शेरबहादुर बोहराबाट पाएकी हुन् । पारिवारिक अवस्था सामान्य भएकी बोहराले अहिले अभिनय र स्टेज कार्यक्रमबाट पाएको पारिश्रमिकबाट नै खर्च टरेको बताइन् । 

आफ्नो रहनसहन, कला, संस्कृति, रीतिरिवाज र वेषभूषासहितको देउडा गीतमा अभियन गर्न सहज भएको बोहराले सुनाइन् । 
‘रोजगारीका लागि भारत पस्नेहरू देउडासहितको म्युजिक भिडियो बनाउन निकै तल्लीन भएका पाए,’ उनले भनिन्, ‘म स्टाफ नर्स बन्न चाहन्थे, तर अभिनयमै रमाएँ ।’ सामाजिक सञ्जाल टिकटकमार्फत पनि उनले डोटेली भाषामा साहित्यिक प्रस्तुतिसमेत राख्दै आएकी छन् । 

 

म स्टाफ नर्स बन्न चाहन्थे, तर अभिनयमै रमाएँ : झरना बोहरा


 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post