काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरको फिल्म 'ब्लडी ड्याडी' को ट्रेलर सार्वजनिक भएको छ । बुधबार जिओ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा शाहिद र ड्रग्स माफियाबीचको द्वन्द्वलाई देखाइएको छ ।
अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा शाहिदसँगै राजिव खन्डेलवाल, सञ्जय कपूर, मुकेश भट्ट, सर्ताज कक्कर, रोनित रायलगायत कलाकारको अभिनय छ । फिल्मको कथा निर्देशक जफर र आदित्य बसु मिलेर तयार पारेका हुन् । यो फिल्म सन् २०११ मा आएको फेन्च फिल्म 'स्लिपलेस नाइट' को हिन्दी रिमेक हो ।
फिल्ममा ज्योति देश्पान्डे, हिमान्शु किशन मेहरा, अली अब्बास जफर र गौरव बोसेको लगानी रहेको छ । यो फिल्म जुन ७ मा ओटिटी प्लेटफर्म जियो सिनेमामा प्रदर्शन हुनेछ ।