काठमाडौँ । गायक दुर्गेश थापाले नयाँ तीज गीत ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’ ल्याएका छन् । गीतको भिडियोमा दुर्गेश महिलाको पहिरनमा उफ्री उफ्री नाचेका छन् । गीतमा शब्द तथा सङ्गीत दुर्गेशकै रहेको छ भने स्वरमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् ।
भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेती र बिगेश श्रेष्ठको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।
दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतबाट चर्चा कमाएका थिए । त्यसपछि साङ्गीतिक क्षेत्रमा स्थापित उनी बेलाबेलामा विवादमा मुछिँदै आएका छन् ।