![post](https://darpandainik.com/images/blog/6402b1cd831dc_manishranjajnnaa.jpg)
काठमाडाैं । गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ ।गायक बरालको 'सबै दुखै दु:ख' बोलको भजन शुक्रवार सार्वजनिक भएको हो । भजनलाई मनिष रञ्जन बराल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।जीवन खतिवडाको शब्द रहेको भजनलाई राजन कार्कीले एरेन्जकाे साथै ध्वनी मिश्रण गरेका छन् ।
भिडियोमा प्रत्येक व्यक्तिका वास्तविक समस्याको भावलाई देखाईएको छ । अभिनयमा करुणा न्यौपाने, भावना कुईलेल, प्रेशिका खड्कालाई देख्न सकिन्छ । यस भजनको भिडियोको छायांकन सन्तोष तिमिल्सिनाले गरेका हुन्, भने सम्पादन राजन कार्कीले गरेका हुन् ।