काठमाडाैं । गायक तथा संगीतकार रमेश कडरियाको 'तिमी भए मात्रै' बोलको गीत सार्वजनिक भएको छ । जसमा शब्द ओमनाथ कडरिया, संगीत र स्वर रमेश कडरियाको छ, भने महिला आवाज बेनिशा पौडेलको रहेको छ ।
गीतको संगीत सम्योजन रमेश कडरियाले नै गरेका हुन । भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ । रामचन्द्र राइको छायान्कन भुवन स्याङ्बो तामाङ्गको निर्देशन र बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ । भिडियोलाई जहरसिङ्ग पौवा र चोभारको स्थानमा छायांकन गरिएको हाे । गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रालिकै यूट्युब च्यानलले सार्वजनिक गरेको छ ।