काठमाडौं । कलाकार टेकबहादुर ऐरको देउडा गीत ‘उधारो खाइदियो’ सार्वजनिक भएको छ । विशेष फिल्मस नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा लोकप्रिय गायक सुर्यविरही साउद र सुमधुर स्वरकी धनी गायीका शोभा थापाको आवाजमा रहेको छ ।
गीतमा शब्द टेकबहादुर ऐरको रहेको छ, भने संगित सुर्यविरही साउदको रहेको छ । संगीत संयोजन भने विजय थापाले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा टेक बहादुर ऐर, शोभा थापा, भिम थापा, दिया गिरी र शेर साउदको अभिनय रहेको छ । भिडियो निर्देशन भने भिम थापमले गरेका हुन् ।