काठमाडौँ । बलिउड अभिनेत्री अमीषा पटेलले आज आफ्नो ४९औँ जन्मदिन मनाइरहेकी छन् । सन् २००२ मा फिल्म ‘कहो ना प्यार है’बाट डेब्यु गरेकी अमीषाले गत वर्ष ‘गदर २’मार्फत ठूलो पर्दामा सशक्त पुनरागमन गरिन् ।
यो फिल्मले कमाइका धेरै रेकर्ड तोड्यो र ५०० करोडभन्दा बढीको व्यापार गर्यो । यसैबीच आज उनको जन्मदिनमा कसरी उनको नाम अमीषा रहन गयो भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आमाबुवाको नाम जोडेर अमीषाको नाम राखिएको हो ।
उनका बाबुको नाम अमित र आमाको नाम आशा हो । अमितबाट ‘अमि’ र आशाबाट शा लिएर नाम परिवर्तन गरी अमीषा राखिएको हो ।