गिनिज बुकमा बलिउडकी प्रख्यात गायिका अलकाको ह्याट्रिक

दर्पण दैनिक १७ माघ २०७९,१६:५०
post

मुम्बई । बलिउडकी प्रख्यात गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् । उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ । सन् २०२२ मा उनको गीतलाई १५.३ बिलियन पटक सुनिएको हो । उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरु टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन् ।

सन् २०२१ र २०२० मा पनि अलकाको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो । यो उपलब्धि अलकाका लागि किन पनि विशेष छ भने उनी सन् ९० र २००० को दशककी गायिका हुन् । पछिल्लो १० वर्षमा अलका संगीतमा त्यति सक्रिय छैनन् । यसका बाबजुद आज पनि उनका गीत सबैभन्दा बढी सुनिन्छन् ।

अलकाको गीत सन् २०२० मा १६.६ बिलियन पटक सुनिएको थियो । त्यस्तै सन् २०२१ मा यो आँकडा १७.७ बिलियन पुग्यो । सन् २०२२ मा १५.३ बिलियन स्ट्रीम पुगेको छ । यी सबैको औषत हिसाब निकाल्ने हो भने उनको गीत युट्युबमा दैनिक ४२ मिलियन पटक सुनिएको छ ।

अलकापछि बेड बन्नी १४.७ बिलियनका साथ दोस्रो नम्बरमा, उदित नारायण झा १० दशमलब ८ बिलियनका साथ तेस्रो नम्बरमा, अरिजीत सिंह १०.७ बिलियनका साथ चौथो नम्बरमा र ९.०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन् ।

सूचीमा बीटीएस(७.९५ बिलियन) र ब्ल्याकपिंक (७.०३ बिलियन)का साथ उत्कृष्ट १० मा छन् । तर, टेलर स्विफ्ट ४.३ बिलियनका साथ २६ औं र ड्रेक २ दशमलब ९ बिलियनका साथ ५० औं नम्बरमा छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: