उस्तै छ आज पनि....

रन्जना लम्साल थापा २३ मंसिर २०८०,०७:१६
post

रन्जना लम्साल थापा


रुझेको बिरालो जसरी
दुई हात जोड्दै
भिख माग्दै
आकाशका फल झार्ने आशामा
देश बिकास गर्ने मुल नारामा 
शिरको टोपी
सरक्क्क सार्दै
कमिजका ककर मिलाउँदै 
म छु है भन्दै
हात हल्लाउँदै गएको मान्छे
अहँ
फर्किएर आएन !
भत्किएको घर 
चर्किएको आँगन
पत्पतिएको छाती
खप्दै,सहँदै अनेक सास्ती
चलिरहेको जीवन!
पीडाका घाउहरू
न त पुरिए
आशाका दीपहरु 
उज्यालो छर्दै न आए 
उस्तै छन् बस्तीहरु
व्यथाहरु झन बल्झिदै गए
उस्तै छन् रोग ,भोग शोकहरु 
अहँ
परिवर्तन महसुस कतै गर्न पाएनन् 
अचानक 
फेरि याद आएछ क्यारे!
कालो कोट,कालो चस्मा
पाउमा कालै जुत्ता टल्काउँदै
कता हरायो भनी द्विविधामा हामी 
ऊ त आफ्नै विकासमा पो रहेछ!
झुप्रोबाट महल खडा गरेछ 
दुई पाउले हिड्ने मान्छे घोडा चढ्न थालेछ!
यो भन्दा बिकास के चाहियो र?
झुपडीमा हुर्किएको चेलो रे!
झुपडीले झुपडीकै मर्म बुज्छ रे !
देशमा विकासको बाढी ल्याउँछ रे
सकल जगमा खुसी नै खुसी बर्षाउँछ रे!
रोजगारका मुहानहरुको भारी वर्षा नै गराउँछ रे
बिदेसिन लागेका पाइलाहरू विमानस्थलमै रोकिन्छन् रे
न सीप बेचिन पाउँछ  न त श्रम नै रे !
यी सबै कुराहरु कुराहरुमै लटपटाउन थियो
घिउसँग मनको लड्डु चखाउन थियो !
म छु नि है !
यसपटक त ड्याङ ड्याङ मेरै भागमा भन्दै
चौटाको स्वाद दिलाएको मान्छे 
आज हड्डीको खुराक खुवाइरहेको छ!
अब त चेतौं है !
मिसन चौरासीमा उठ्लान जो खलनायकहरु 
तिनीहरु सबैलाई ढाल्नुछ !
किनारा लगाइ सोतर बनाउनु छ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९