काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’मा अभिनय गरेर चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । कुसुमले डेब्यू फिल्ममा अभिनेता आर्यन सिग्देलसँग जोडी बाँध्ने पक्का भएको छ ।
दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जिवनी’ मार्फत कुसुमले चलचित्रमा डेब्यू गर्ने भएकी हुन् । निर्देशक श्रेष्ठले फिल्मको पोस्टर सार्वजनिक गर्दैै कुसुमको फिल्मी यात्राका बारेमा जानकारी दिएका छन् ।
फिल्ममा कुसुम र आर्यनले शिर्ष भूमिका निर्वाह गर्ने छन्। यी दुईका साथमा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठले पनि शिर्ष भूमिका निर्वाह गर्नेछन् ।
प्रेममा उमेरले कस्तो प्रभाव पार्छ भन्ने कथा देखाउन खोजिएको फिल्म भदौबाट छायांकनमा जाने तयारीमा निर्माण टिम रहेको छ ।