सुष्मा दाहाल
समयले सिर्जिएकाे
बडेमानकाे कसौंडीमा
मीठो सुप बनाउन नलीखुट्टा गालेझै
गालिइरहेछन् हर प्रहरहरु!
दनदनी दन्किइरहेकाे यज्ञकुण्ड भित्र
चरु हाेमे झैं!
हाेमिईरहेछ ,
म भित्रकाे चेतना
भत्भति पाेलिरहेछ कलेजाे
म जलेकाे हल्लाले
तातिएकाेछ गल्ली ,चाेक र शहर!
एउटा सानाे टुक्राे भाेकसङ्ग
कति सहजै साटिएका छन् है
यहाँ अनमाेल प्राणहरु!
मेरा निर्दाेष अाँखाहरुमा
बास माग्दै हिडिरहेका
निर्मल र सुन्दर सपनाहरु
अनाहकमै जलेर
उडेकाे धुवाँकाे नमीठो गन्धमा
रमाइरहेछ एक हुल जमात!
याे भन्दा निक्कै परकाे दुनियाँमा
एक्लाे र निरीह बनेर
याे सब त्रासदी सुन्ने,देख्ने र
महशुस गर्ने
ऊ हाेईन,तिमी हाेईनौ
त्याे त केवल म हुँ ,केवल म!
याे समय साक्षी बनेर साथ दिने
मसङ्गै रहेका सङ्घर्ष
भाेक,प्यास,अभाव,असहजता
अनि दुनियाँले उपहार दिएका
अन्देखि,उपेक्षा ,तिरस्कार र
विभेद मात्रै त हुन्।