
काठमाडाैं । लालबहादुर धामीले ‘अछामी बड्डो’ काे नयाँ गीत ‘बड्डाका दिन गया’ सार्वजनिक भएकाे छ । उक्त गीत अछामी बड्डो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे ।
राजेन्द्र शाह 'विपी'को शब्द तथा लालबहादुर धामीको सङ्गीतमा रहेको उक्त गीतमा गायीका देवी घर्ती र गायक धामीकाे स्वर रहेकाे छ ।
गायक धामी र मोडेल रोजी कुँवरले अभिनय रहेको साे गीत भीम थापाको निर्देशन र अमृत उपाध्यायकाे छायाङ्कनमा तयार भ्एकाे हाे ।
विसं २०७२ मा ‘यो अछामी बड्डो’ देउडाबाट सुदूरपश्चिममा चर्चा बटुलेका गायक धामीले विसं २०५५ देखि देउडा क्षेत्रमा सक्रिय छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google